Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियजनताले दिएको–समर्थनले उत्साहित भएका छौं: वरिष्ठ नेता रावल

जनताले दिएको–समर्थनले उत्साहित भएका छौं: वरिष्ठ नेता रावल

नेपालगन्ज ः नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता डा. भिम रावलले देशको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर अघि बढ्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
आइतवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले राष्ट्रको हितका लागि जनताले दिएको साथ–समर्थनले आफूहरू उत्साहित भएको उल्लेख गर्नुभयो । डा. रावलले जनताले आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा बामपन्थी शक्तिलाई विश्वास गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो संकल्पलाई जनताले बुझेका छन्, निरन्तर साथ र सहयोग गरिरहनुभएको छ, यो गर्वको विषय हो ।”
नेकपा एमालेप्रति जनताको विश्वास कमजोर बन्दै गएको उहाँको भनाइ थियो । बामपन्थी एकता नै राष्ट्रको रक्षा र प्रगतिशील परिवर्तनका लागि अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै रावलले सिद्धान्तविपरीत गठबन्धन र भागबण्डाको राजनीति त्याग्न सबै दललाई आग्रह गर्नुभयो । विशेषगरी कांग्रेससँग हुने भागबण्डा र पद–प्रतिष्ठामा केन्द्रित राजनीति देशको हितका लागि हानिकारक भएको टिप्पणी गर्नुभयो ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार र निर्देशनले एमाले झन झन कमजोर हुदै गएको बताउनुभयो । उहाँले केपीले जे बोल्यो त्यही गर्ने बानीले उहाँ प्रतिको विश्वास गुम्दै गएको बताउनुभयो । उहाँले “झोले भन्यो भनेर झोले बन्नुपर्ने अवस्था आउन नदिन” नेता तथा कार्यकर्ताहरूलाई सचेत गराउन आग्रह गर्नुभयो । विपरित सिद्धान्त भएका दलसँग गठबन्धन गर्नुको अर्थ जनताको आकांक्षा विपरीत जानु मात्रै हुने उहाँको तर्क थियो ।
देशमा आन्दोलनका नाममा भएको लुटपाट गरिएको हातहतियार, अझै बाहिर भएको हुनाले देशको हितमा अहित हुने देखिन्छ उहाँले भन्नुभयो । लुटिएका हातहतियार अझै फिर्ता नहुदा सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको बताउँदै रावलले आगामी आम निर्वाचनलाई मध्यनजर गर्दै शान्ति, सुशासन र जनविश्वास पुनःस्थापित गर्न बामएकता आवश्यक रहेको जोड दिनुभयो ।
उक्त कार्यक्रम समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा बाँके द्वारा आयोजित थियो, जसमा राजनीतिक समसामयिक विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments