Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियरामपुर रात्री मेलाबाट पिकनिक पार्क निर्माण हुने

रामपुर रात्री मेलाबाट पिकनिक पार्क निर्माण हुने

बाँके । बैजनाथ गाउँपालिका–५ रामपुरमा मंसिर १८ गतेदेखि सञ्चालन हुने ‘रामपुर रात्री मेला–२०८२’ बाट उठ्ने आम्दानी रकम नवदुर्गा भगवती सामुदायिक बन क्षेत्रभित्र पिकनिक पार्क निर्माणमा विनियोजन गरिने भएको छ।

प्रचार–प्रसार संयोजक मधु रिजालका अनुसार मेलाको आर्थिक आम्दानीलाई स्थायी पूर्वाधार निर्माणमा लगानी गर्ने योजना अन्तर्गत सामुदायिक बन क्षेत्रमा आधुनिक सुविधासहितको पिकनिक पार्क निर्माण गरिँदैछ। यसले स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक क्रियाकलापमा वृद्धि र समुदायलाई दिगो लाभ पुग्ने बताइएको छ।

पौराणिक परम्परा जोगाउँदै नयाँ व्यवस्थापनसहित सञ्चालन हुन लागेको रामपुर रात्री मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। पञ्चे बाजा, मयुर नाच, सिंगारु नाच, थारु सांस्कृतिक नाचलगायतका आकर्षणले मेलालाई झनै जीवन्त पार्नेछन्।

मेलामा सहभागी दर्शकहरूको सुविधाका लागि जि गाउँचोक र गडरहि बाट निःशुल्क सट्ल बस सेवा उपलब्ध गराइनेछ। नवदुर्गा भगवती सामुदायिक बन उपभोक्ता समूहको मुख्य आयोजना तथा बैजनाथ गाउँपालिकाको समन्वयमा मेला २ दिनसम्म सञ्चालन हुनेछ।

मेलाको उद्घाटन मंसिर १८ गते साँझ ५ बजे र समापन मंसिर १९ गते दिउँसो १ बजे हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments