काठमाडौँ, मंसिर १६ – आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको कारोबार मूल्य घटेर तोलाको रु २,५३,३०० पुगेको छ। हिजो सोही सुनको मूल्य रु २,५३,६०० रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य भने आज बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर रु २,५४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य रु २,५३५ थियो । सुनमा गिरावट र चाँदीमा हल्का वृद्धि देखिएको आजको बजार मूल्यले बहुमूल्य धातुको उतारचढाव निरन्तर जारी रहेको संकेत गरेको छ ।


