Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजआज विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै, पाँच करोड मानिस जोखिममा

आज विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै, पाँच करोड मानिस जोखिममा

काठमाडौँ, मंसिर १६ – आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गरिने प्रथाजस्ता आधुनिक दासत्वविरुद्ध चेतना फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो ।

सन् १९४९ डिसेम्बर २ का दिन मानव बेचबिखन तथा यौन शोषण रोक्न सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव पारित भएको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघका अनुसार आज पनि विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन्, जसमा धेरैजसो महिला र बालबालिका छन् ।

जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार र असमानतापूर्ण व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको उच्च जोखिममा छन् । विशेषगरी प्रवासी तथा असुरक्षित श्रमिकहरू घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रमा समेत आर्थिक शोषणमा पर्ने गरेको अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले उल्लेख गर्छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले दासत्व अन्त्यका लागि सरकार, नागरिक समाज र स्थानीय समुदायबीच संयुक्त सहकार्य आवश्यक रहेको बताएको छ । साथै, पीडितको उद्धार, पुनःस्थापना, न्याय दिलाउने व्यवस्था र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments