Tuesday, March 3, 2026
spot_imgspot_img
Homeसमाजएनपीएलमा चितवनले जनकपुरलाई १७७ रनको बलियो लक्ष्य दियो

एनपीएलमा चितवनले जनकपुरलाई १७७ रनको बलियो लक्ष्य दियो

काठमाडौँ मंसिर १६ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो।

चितवनका ओपनर डेविड मलान र अर्जुन साउदले उत्कृष्ट प्रदर्शनी गरे। मलानले ५४ बलमा ८० रन बनाए भने साउदले ३९ बलमा ५२ रनको योगदान दिए। उनीहरूको अर्धशतकीय साझेदारीले चितवनको स्कोरलाई प्रतिस्पर्धात्मक बनायो।

चार खेलमा लगातार हार बेहोरेर तालिकाको पुछारमा रहेको जनकपुरका लागि आजको खेल ‘डु–अ‍र–डाइ’ जस्तै मानिएको छ। यो खेल जिते मात्रै प्लेअफको गणितीय सम्भावना जीवित रहनेछ। हार भएमा जनकपुर एनपीएल दोस्रो संस्करणबाट प्लेअफबाट बाहिरिने पहिलो टोली बन्नेछ।

उता, चार खेलमा दुई जित दर्ता गरेको चितवनका लागि भने आजको जित प्लेअफ यात्रा मजबुत बनाउनेछ।
आजको दोस्रो खेल दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली यक्सबीच हुने तालिका छ।

मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म १९ खेल सम्पन्न भइसकेका छन्। अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments