काठमाडौँ मंसिर १६ – नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल आएका छन्। पछिल्लो समय पर्यटन क्षेत्र पुनः सक्रिय बन्दै गएको संकेत यसले देखाएको बोर्डले जनाएको छ ।
सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। नोभेम्बरमा १८,९९५ भारतीय नागरिक नेपाल भित्रिएका छन् ।
त्यसपछि अमेरिकाबाट ११,२५४, चीनबाट ७,८७१, बेलायतबाट ७,१८९, बङ्गलादेशबाट ५,६५३, अष्ट्रेलियाबाट ५,३९३, श्रीलङ्काबाट ४,८३१, म्यानमारबाट ४,४८४, फ्रान्सबाट ४,२११ र जर्मनीबाट ४,१३४ पर्यटक आएका छन् ।
नोभेम्बर महिनामा पर्यटन आगमनमा देखिएको यो वृद्धि आगामी दिनमा नेपालको पर्यटन क्षेत्र अझै सशक्त हुने अपेक्षाका रूपमा हेरिएको छ ।


