Sunday, December 7, 2025
spot_imgspot_img
Homeसमाजशिक्षा‘बाँकेका कवि र कविता’ विषयक भव्य काव्य विमर्श सम्पन्न

‘बाँकेका कवि र कविता’ विषयक भव्य काव्य विमर्श सम्पन्न

नेपालगन्ज -नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंको आयोजना र कल्पना फाउन्डेसन नेपालको सहआयोजनामा ‘बाँकेका कवि र कविता’ विषयक काव्य विमर्श तथा काव्यवाचन कार्यक्रम नेपालगन्जस्थित स्वस्तिक कटेजमा सम्पन्न भएको छ। कार्यक्रम कल्पना फाउन्डेसनकी अध्यक्ष कल्पना पाैडेल जिज्ञासुको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभागका प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्य दिंदै आयोजनाको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए।

काव्यवाचन सत्रमा ईन्दिरा गौतम, चरित्रा शाह, खगेन्द्र गिरी कोपिला, खेम बगर, कपिल अन्जान, मधई सिंह, विष्णुकुमाल, ममता रावत, समृद्धि प्याकुरेल, सर्मिला विष्ट, निसु जोशी, शुशिला वैश्य, कृष्टल लगायत गरि २१ जना वरिष्ठ तथा नवसर्जक कवि–कवयत्रीले गद्य, पद्य, मुक्तक तथा गजल सुनाएका थिए।

बाँकेका कवि र कविता विषयमा तयार गरिएको कार्यपत्र विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा समालोचक लेकप्रसाद प्याकुरेले प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि सहभागी साहित्यकार तथा समालोचकहरूले खुला टिप्पणी र छलफल गरेका थिए।

कार्यक्रममा टिप्पणी तथा शुभकामना मन्तव्य प्रदान गर्ने व्यक्तिहरूमा साहित्यकार कल्पना खरेल, समालोचक किरण आचार्य, पूर्व सदस्य–सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ समालोचक प्रा. डा. कृष्णप्रसाद घिमिरे, विश्लेषक तथा समालोचक प्रा. डा. गोपालप्रसाद अधिकारी, प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहाडी, राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्रजंग पिटर, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी, तथा काव्य विभाग सदस्य मणिरत्न अर्याल रहेका थिए।

प्रमुख अतिथि बाबा बस्नेतले काव्य विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि नेपाली साहित्यको काव्य विधालाई अझ परिष्कृत बनाउने उद्देश्यले राष्ट्रभर विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको बताउँदै नेपालगन्जमा यति भव्य कार्यक्रम सम्पन्न गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन बोधराज प्याकुरेलले गरेका थिए। समापन सत्रमा अध्यक्ष कल्पना पौडेल जिज्ञासुले नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा उपलब्धिमूलक कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने काव्य विभाग प्रमुख बाबा बस्नेत र महाशाखा प्रमुख सन्ध्या पहाडीप्रति विशेष आभार व्यक्त गरिन्। साथै, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा फाउन्डेसन परिवारलगायत उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments