Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियसीमा नाकामा ‘सिंघम’ स्टाइल दादागिरीः स्थानीय त्रसित

सीमा नाकामा ‘सिंघम’ स्टाइल दादागिरीः स्थानीय त्रसित

बाँके– जिल्लाका सीमा नाकाहरूमा सुरक्षाका लागि तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वयमा काम भइरहेको बेला एक घुमुवाको दादागिरीका कारण स्थानीयवासी त्रसित बनेका छन्।

सशस्त्र प्रहरी बागेश्वरी ३० नं. गण मातहतको बढैया बीओपी अन्तर्गत बगैचा पोस्टमा चेकजाँचका क्रममा नेपाल प्रहरीका घुमुवा सिताराम सन्जेलले बारम्बार विवाद गर्दै अपशब्द प्रयोग गर्ने, आफूलाई ‘सिंघम’ भन्दै दादागिरी शैलीमा व्यवहार गर्ने गरेको स्थानीयले गुनासो गरेका छन्।

स्थानीयका अनुसार सन्जेलले “जिल्लाबाट खटाइएको घुमुवा हुँ, मैले जे गरे पनि हुन्छ” भन्ने मनोवृत्तिसहित सिमामा आउने–जाने सर्वसाधारणमाथि दुर्व्यवहार गर्दै आएका छन्। उनी सशस्त्र प्रहरीसँग समेत वादविवाद र असहयोगपूर्ण व्यवहार गर्ने गरेको पनि आरोप छ।

स्रोतका अनुसार सन्जेलले आफ्ना निकट व्यक्तिहरूको सामान ‘सेटिङ’ मिलाएर ओसारपसार गराउने तथा तिनैमार्फत तस्करीको ‘लाइन’ चलाउनेजस्ता गतिविधि भइरहेको आशंका स्थानीयमा छ।
एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा भने, “पहिले जस्तो कडाइ छैन, सन्जेलको इसारामा माल पास हुने गरेको छ, तर सामान्य घरायसी सामान ल्याउने स्थानीयलाई उल्टै दुःख दिने गरेको छ।”

उनले विभिन्न बहानामा आवतजावत गर्नेहरूलाई धाकधम्की दिने, डरत्रास देखाउने तथा सीमामा अनावश्यक हस्तक्षेप गर्ने गरेको पनि स्थानीयले बताएका छन्।

सीमावर्ती क्षेत्रमा सुरक्षा संयन्त्रको विश्वसनीयतामाथि प्रश्न उठाउने यस्तो व्यवहार तत्काल रोक्न सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको स्थानीयवासीको माग छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments