Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियकोहलपुरमा प्याब्सन रनिङ शिल्डको सम्पूर्ण तयारी पूरा

कोहलपुरमा प्याब्सन रनिङ शिल्डको सम्पूर्ण तयारी पूरा

कोहलपुर – प्याब्सन कोहलपुर नगर स्तरीय तेस्रो रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२का लागि सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन भोलि विहान ११ बजे कोहलपुर–११ स्थित खेलमैदानमा हुने भएको आयोजकले जानकारी गराएको छ।

२८ वटा विद्यालय आवद्ध रहने प्रतियोगिताको तयारी पूर्णरूपमा सम्पन्न भएको फील्ड मार्सल दिनेेश सिग्देलले बताए। उनका अनुसार उद्घाटन अघि पिपलचौताराबाट झाँकी सहितको विशेष र्‍याली निकालिनेछ, जसले प्रतियोगिताको उत्साहलाई अझ बढी उचाइमा ल्याउने बताइएको छ।

सिग्देलका अनुसार खेलाडीहरूको रुजु खेल तालिका, प्राविधिक कार्य तथा अन्य आवश्यक तयारीसमेत सम्पन्न भइसकेका छन्। उनले भने, “साना–मसिना प्राविधिक कारणले केही विद्यालयको नाम दर्ता सहित करिब सम्पुर्ण तयारी पूरा भएको छ। बुधबार विहान ७:३० बजेभित्र सबै खेलहरुको अन्तिम तालिका सार्वजनिक गरिनेछ।”फिल्ड मार्सल सिग्देलले बताउनुभयो ।

यसअघि प्याब्सन कोहलपुर अध्यक्ष रमेश केसीले प्रतियोगिताप्रति उत्साह व्यक्त गर्दै स्थानीय सरकार, खेलकुद समिति, राजनीतिक दल, समाजसेवी, पत्रकार तथा सुरक्षा निकायप्रति आभार व्यक्त गरेका थिए। प्रतियोगिताले नगरस्तरमै खेल प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको प्याब्सन कोहलपुर नगर कमिटी अध्यक्ष रमेश के सीले बताउनुभयो ।

मंसिर १७ देखि २० गतेसम्म सञ्चालन हुने प्याब्सन रनिङ शिल्ड प्रतियोगिता यस वर्ष अझ भव्य र व्यवस्थित हुने प्याब्सन कोहलपुर प्रवक्ता रबि रोकायले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments