Sunday, December 7, 2025
spot_imgspot_img
Homeसमाजसुर्योदयमा स्थानीय सरकारको अनुगमन, गुणस्तर शिक्षा लक्ष्य

सुर्योदयमा स्थानीय सरकारको अनुगमन, गुणस्तर शिक्षा लक्ष्य

बैजनाथ-बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल र वडा नं. १ का अध्यक्ष रुप बहादुर मल्लले मंगलबार बैजनाथ–१ स्थित सुर्योदय माध्यमिक विद्यालयमा शैक्षिक अनुगमन गर्नुभएको छ।

गुणस्तर शिक्षा प्रवर्द्धनलाई लक्षित गर्दै स्थानीय सरकारले विद्यालय अनुगमनलाई तिव्रता दिएको हो। अनुगमनको क्रममा विद्यालयका भौतिक संरचना, फुलबारी तथा बगैँचा व्यवस्थापन, सफाइ अवस्था,राष्ट्रिय झण्डा,विद्यालय झन्डा र शिक्षकलाई अनिवार्य नेपाली ढाका टोपी टाई लगाउने नियम बनाईएको छ। शिक्षक–कर्मचारीलाई नेपाली पोशाक अनिवार्य गर्ने निर्णयको कार्यान्वयन अवस्थादेखि विद्यालय व्यवस्थापनसम्मका विषयमा पनि स्थलगत अवलोकन गरिएको शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिनुभयो ।

शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकालका अनुसार बैजनाथका निजी तथा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा विशेष ध्यान दिइएको छ। कक्षा ८ र १० का विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षाहरू सञ्चालन भइरहेको र सतप्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यअनुसार शिक्षण–अध्ययन व्यवस्था सुदृढ बनाइएको उहाँले जानकारी दिनुभयो।

स्थानीय सरकारले समय–समयमा अनुगमनमार्फत विद्यालयको कमजोर पक्ष चिन्न, सुधार गर्न र समग्र शैक्षिक स्तर उकास्न निरन्तर पहल गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments