बैजनाथ गाउँपालिका, बाँके: “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सर्वोत्त्म” भन्ने नारासहित ३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा वडा स्तरीय अपाङ्गता सञ्जालका पदाधिकारीहरूबीच हाजिरी–जवाफ प्रतियोगिता आज भब्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम सामाजिक विकास समितिका संयोजक श्री भुमिसरा राना ज्युको अध्यक्षता तथा बैजनाथ गाउँपालिका अध्यक्ष श्री प्रकाश बहादुर शाही ज्युको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो।
हाजिरी–जवाफ प्रतियोगितामा विभिन्न वडाका अपाङ्गता सञ्जालका प्रतिनिधिहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। प्रतियोगिताको परिणाम अनुसार:
प्रथम स्थान: वडा स्तरीय अपाङ्गता सञ्जाल, बैजनाथ वडा–१, बाँके
द्वितीय स्थान: वडा स्तरीय अपाङ्गता सञ्जाल, बैजनाथ वडा–५, बाँके
तृतीय स्थान: वडा स्तरीय अपाङ्गता सञ्जाल, बैजनाथ वडा–६, बाँके
कार्यक्रममा सहभागीहरूलाई पदाधिकारी र प्रशासनले सम्मान प्रदान गरेको थियो। सामाजिक विकास समितिले यस किसिमका गतिविधिहरूले अपाङ्गता सम्बन्धी सचेतना फैलाउने र समावेशी समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


