Friday, March 6, 2026
spot_imgspot_img
Homeसमाजसमानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन निर्वाचन आयोगको आह्वान

काठमाडौँ, मङ्सिर १९-  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दललाई निर्धारित समयसीमाभित्र निवेदन दिन आह्वान गरेको छ।

आयोगले आज जारी गरेको सूचनामा समानुपातिक प्रणालीअन्तर्गतको निर्वाचन कार्यक्रम भोलिदेखि लागू हुने भएकाले पर्सि (मङ्सिर २१) बिहान १० बजेदेखि मङ्सिर २३ गते दिउँसो ४ बजेसम्म दलहरूले निवेदन पेश गर्न सक्ने उल्लेख छ।

आयोगले यसअघि नै समानुपातिक प्रणालीका लागि कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यसका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ। मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र निवेदनदाताको नामावली प्रकाशित गरिनेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ भाग लिन स्वीकृत दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ।

प्रतिनिधिसभा निर्वाचन अब ९० दिन मात्र बाँकी रहेका बेला चुनाव प्रक्रियासम्बन्धी अन्य मितिहरू पनि आयोगले सार्वजनिक गरेको छ। सोअनुसार माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ भने माघ ९ गते नाम फिर्ता लिन दिने साथै अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने योजना छ।

आयोगले माघ ११ गते निर्धारित राष्ट्रिय सभाको निर्वाचनका लागि पनि तयारी तीव्र पारेको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments