Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजडोनबास नछाडे थप बल प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

डोनबास नछाडे थप बल प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

एजेन्सी मंसिर १९- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले डोनबास क्षेत्र छाड्न नसके रूसले थप सैन्य शक्ति प्रयोग गर्न बाध्य हुने चेतावनी दिएका छन्। युक्रेन युद्ध अन्त्यका बारे अन्य कुनै समझौता स्वीकार्य नहुने स्पष्ट पार्दै पुटिनले विवादित क्षेत्रहरू रूसी नियन्त्रणमै रहने बताए।

भारत भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै पुटिनले युक्रेनले अझै पनि रूसद्वारा कब्जा गरिएका क्षेत्रमा दाबी कायम राखेको आरोप लगाउँदै, “डोनबास नछाडे आक्रमण तीव्र हुन्छ,” भन्ने चेतावनी दिए।

उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै पनि भूभाग छोड्न नसकिने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई रूसमाथि थप दबाब बनाउन आग्रह गरेका छन्।

अमेरिकाले अघि सारेको शान्ति–योजनामा कुरा भए पनि कब्जा गरिएका क्षेत्रहरूको भविष्य र युक्रेनको सुरक्षा प्रत्याभूतिका विषयमा भने सहमति बनेको छैन।

यहीबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि आवश्यक सहमतिमा दुबै देश नजिक पुगिसकेको दाबी गरेका छन्। पुटिनले नयाँ चेतावनी दिएको समयमै ट्रम्पको यस्तो टिप्पणी सार्वजनिक भएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments