Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियप्रथम बैजनाथ प्याब्सन खेलकुदको उपाधि दिपज्योतीले उचाल्यो 

प्रथम बैजनाथ प्याब्सन खेलकुदको उपाधि दिपज्योतीले उचाल्यो 

कुशल दलामी
बाँके — प्याब्सन बैजनाथको आयोजनामा भएको प्रथम बैजनाथ खेलकुद प्रतियोगिता–२०८२ को उपाधि दिपज्योती विद्या निकेतन, बैजनाथ–२ डिगियाले उचाल्न सफल भएको छ। एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले ७ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै कुल अंकमा अग्रता बनाउँदै विजेता बन्न सफल भयो।

प्रतियोगितामा डाईनामिक ई. मि. स्कुल, बैजनाथ–४ बानियाबारले ५ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता बनेर दोस्रो कप र प्रमाणपत्र हात पार्‍यो। त्यस्तै दिप ज्योती सेकेन्डरी स्कुलले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरेको फिल्ड मार्सल दमन पाण्डेले जानकारी दिए।

कार्यक्रम संयोजक भिमबहादुर खड्काका अनुसार विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न, खेलकुदमार्फत स्वस्थ प्रतिस्पर्धाको माहोल बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। निजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन)मा आवद्ध विद्यालयहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत रकम संकलन गरी पहिलोपटक बैजनाथमा यस प्रकारको खेलकुद प्रतियोगिता सम्पन्न गरिएको जानकारी ठगिराम दमाईले दिए।

एकदिवसीय प्रतियोगिताको उद्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले पानसमा बत्ती बालेर गरेका थिए। सम्बोधनका क्रममा अध्यक्ष शाहीले बैजनाथका निजी विद्यालयहरूले शिक्षाको गुणस्तर वृद्धि गर्न राखेको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, आगामी वर्ष हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा शिक्षक तालिम र सामुदायिक विद्यालयसँग सिकाइ–आदानप्रदान कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए। उक्त जानकारी प्याब्सन बैजनाथका सचिव लक्ष्मण सिंहले प्रदान गरेका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments