Sunday, December 7, 2025
spot_imgspot_img
Homeराष्ट्रियतेस्रो प्याब्सन रनिङ शिल्डमा भलिबल तर्फ नमुनाको क्लिन स्विप

तेस्रो प्याब्सन रनिङ शिल्डमा भलिबल तर्फ नमुनाको क्लिन स्विप

बाँके/कोहलपुर – तेस्रो प्याब्सन कोहलपुर नगरस्तरीय रनिङ शिल्ड–२०८२ शनिबार भव्य रूपमा सम्पन्न भयो। कोहलपुर क्षेत्रका २८ वटा निजी विद्यालयहरूको सहभागीता रहेको ४-दिने खेलकुद प्रतियोगिता कोहलपुर–११ को खुल्ला मैदानमा सम्पन्न भएको आयोजक तथा प्याब्सन कोहलपुर नगर अध्यक्ष रमेश केसी ले जानकारी दिनुभयो।

प्रतियोगितामा नमुना विद्यालयले भलिबलतर्फ ब्वाइज र गर्ल्स दुवै विधामा क्लिन स्विप गर्दै च्याम्पियनको उपाधि हात पारेको छ। साथै विद्यालयको फुटसल ५-ए-साइड टिमले पनि उपाधि जित्दै समग्र खेलकुद प्रतिस्पर्धामा नमुनाले आफ्नो दबदबा जमाएको देखिएको छ।

नमुना विद्या सदनका संचालक शिव प्रसाद डाँगी का अनुसार खेलकुदले विद्यार्थीको साझा प्रयास, अनुशासन र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउँछ। उनले भने, “हाम्रो लक्ष्य प्रतिभा मात्र होइन, ठूलो सपना देख्ने प्रेरणा दिनु हो। खेलकुदमा प्राप्त विजयी सफलताले नमुनाका खेलाडीहरूलाई अझ उर्जा दिएको छ।”

चार दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले भलिबल, फुटसल लगायतका खेलमा आकर्षक प्रतिस्पर्धा प्रस्तुत गरेका थिए। विजयी टोली तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा सम्मान प्रदान गरी कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments