बाँके — प्याब्सन कोहलपुरले आयोजना गरेको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ। मंसिर १७ गतेदेखि सुरू भएको चारदिने प्रतियोगितामा माध्यमिक र आधारभूत तहका गरी १ हजार ८ सय ३८ विद्यार्थीले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए।
माध्यमिक तहमा ग्रीनपिस सेकेन्डरी अव्वल
माध्यमिक तह (कक्षा ९–१२) तर्फ ग्रीनपिस सेकेन्डरी स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण पदक हासिल गर्दै रनिङ शिल्ड आफ्नो पक्षमा पारेको छ।
यसै तहमा गोरखा युनाइटेड पब्लिक स्कूलले ५ स्वर्णसहित दोस्रो र डायनामिक सेकेन्डरी स्कूलले २ स्वर्णसहित तेस्रो स्थान हात पार्यो।
एथलेटिक्समा पनि ग्रीनपिस सेकेन्डरी प्रथम, गोरखा युनाइटेड द्धितीय र डायनामिक तृतीय बनेका छन्।
आधारभूत तहमा गोरखा युनाइटेडको वर्चस्व
आधारभूत तह (कक्षा १–८) तर्फ गोरखा युनाइटेड पब्लिक स्कूलले २ स्वर्ण, २ रजत र २ कास्य जित्दै समग्र उपाधि हात पारेको छ।
निम्बल एकेडेमीले २ स्वर्ण, २ रजत र १ कास्यसहित दोस्रो तथा जीवन ज्योति माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो स्थान सुरक्षित गर्न सफल भयो।एथलेटिक्समा निम्बल एकेडेमी प्रथम, एभरेष्ट सैनिक स्कूल द्धितीय र जीवन ज्योति तृतीय बने।उत्कृष्ट खेलाडी प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा—माध्यमिक तह:छात्र : समीर बस्नेत (गोरखा युनाइटेड)छात्रा : कल्पना बुढा (गोरखा युनाइटेड)आधारभूत तह:छात्र : कृष्ण बहादुर बुढा (निम्बल एकेडेमी)छात्रा : साधना थापा (एभरेष्ट सैनिक स्कूल)अनुसासित विद्यालयको रुपमा एभरेष्ट सैनिक स्कूललाई सम्मान गरिएको थियो।
भलिबल तर्फ छात्रा र छत्र दुबै तर्फ नमुना विद्या सदनले क्लिन स्विप गरेको छ।
सहभागिता तथ्यांक माध्यमिक तह: ८७४ विद्यार्थीआधारभूत तह (१–८): ८३८ विद्यार्थी,नर्सरी–३: १२० विद्यार्थी,समापन एवं पुरस्कार वितरण
समापन समारोहका प्रमुख अतिथि लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाललगायतका अतिथिहरूले विजयी विद्यालय तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले प्रतियोगिताले विद्यार्थीको प्रतिभा विकासमा योगदान पुर्याएको बताउँदै आगामी वर्ष अझ व्यवस्थित रूपमा प्रतियोगिता विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता रवि रोकायले जानकारी दिए।



