Tuesday, March 3, 2026
spot_imgspot_img
Homeराष्ट्रियचिसापानी साना किसानको २३औं साधारणसभा सम्पन्न

चिसापानी साना किसानको २३औं साधारणसभा सम्पन्न

बाँके। बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३ औं साधारण सभा शनिबार अध्यक्ष मातली मल्लको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथी बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया रहनु भएको थियो। त्यस्तै जिल्ला सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सुवेदी, जिल्ला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लोकेन्द्र चन्द, साना किसान कृषि सङ्जालका अध्यक्ष जानकी पुन, नौवास्ता साना किसान कृषि सहकारीका अध्यक्ष प्रेमबहादुर थापा, तथा सहकारीका पदाधिकारी, शेयर सदस्य लगायतको उल्लेख्य उपस्थिति रहेको सहकारीका प्रबन्धक भीष्म चौधरीले जानकारी दिनुभयो।

उक्त अवसरमा प्रमुख अतिथी तथा विशिष्ट अतिथीहरुले सहकारीको सतत् उन्नति, शेयर सदस्यहरूको हित तथा उपलब्धि सुनिश्चित गर्न नियमित रूपमा बचत र अनुशासनमा जोड दिन आग्रह गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

सभामा सहकारीले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका समूह तथा व्यक्तिहरूलाइ खादा, माला र अबिरसहित सम्मान गरेको थियो। सहकारीमा कार्यरत उत्कृष्ट कर्मचारीहरू पनि सम्मानित भएका छन्।

प्रबन्धक चौधरीका अनुसार सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, शिक्षा क्षेत्रमा लगानी, व्यवसाय विस्तार तथा आर्थिक कठिनाइमा रहेका सदस्यहरूलाई आवश्यक सहयोग जस्ता कामहरू गर्दै आएको छ।
हाल सहकारीले विभिन्न क्षेत्रमा करिब २० करोड रुपैयाँ बराबरको लगानी गरेको छ।

साधारण सभामा संस्थाले गरेको लगानी समयमै फिर्ता नगर्ने सदस्यप्रति कडाइका साथ अनुशासन लागू गर्दै आगामी वर्षहरूमा अझ प्रभावकारी आर्थिक व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरिएको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments