Monday, December 8, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाभगवती माविमा बि.ब्य.स. पदाधिकारी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

भगवती माविमा बि.ब्य.स. पदाधिकारी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

बाँके — बैजनाथ गाउँपालिका–८, हसनापुरस्थित श्री भगवती माध्यमिक विद्यालयमा नव–निर्वाचित बिद्यालय व्यवस्थापन समिति (बि.ब्य.स.) का पदाधिकारीहरूको सम्मान तथा निवर्तमान पदाधिकारीहरूको बिदाइ कार्यक्रम आइतबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

कार्यक्रम बि.ब्य.स.का संस्थापक अध्यक्ष गङ्गा राम जैसीको अध्यक्षतामा तथा प्रमुख अतिथि बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायको विशेष उपस्थितिमा सम्पन्न भयो। नव–निर्वाचित समितिको अध्यक्षमा युबराज थापा क्षेत्री चयन हुनु भएको छ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिल बहादुर खत्रीले गर्नुभएको थियो। कार्यक्रमका दौरान विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने निवर्तमान बि.ब्य.स. सदस्यहरूलाई बिदाइ तथा सम्मान गरिनुका साथै नव–निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख अतिथि निर्मला रोकायले विद्यालयको गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध मजबुत बनाउनु आवश्यक रहेको बताउँदै, नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले स्थानीय सरकारको तर्फबाट विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने र जिर्ण बनेका संरचनाको पुनर्निर्माणका लागि समेत बजेट व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष युबराज थापा क्षेत्रीले विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकता दिने, सरोकारवालासँग समन्वय र सहकार्य गर्दै श्री भगवती माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रूपमा उतार्ने लक्ष्यका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

विद्यालयको तर्फबाट निरन्तर सकारात्मक सहयोगका लागि आग्रह गर्दै प्रधानाध्यापक बिष्णु प्रसाद ढकालले सबैलाई धन्यवाद व्यक्त गर्नुभएको जानकारी कार्यक्रम सञ्चालक तथा शिक्षक दिल बहादुर खत्रीले दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments