Wednesday, December 10, 2025
spot_imgspot_img
Homeसमाजसुडानमा सरकारी वायु आक्रमणबाट १ हजार ७ सय भन्दा धेरै नागरिकको मृत्यु...

सुडानमा सरकारी वायु आक्रमणबाट १ हजार ७ सय भन्दा धेरै नागरिकको मृत्यु : अनुसन्धान प्रतिवेदन

एजेन्सी मंसीर २३ – सुडानी वायुसेनाले आवासीय क्षेत्र, बजार, विद्यालय तथा विस्थापितहरूको शिविरमा गरेको आक्रमणमा कम्तीमा १ हजार ७ सय नागरिकको ज्यान गएको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ ।

देशमा जारी गृहयुद्धका बीच गरिएको हवाई आक्रमणबारे ‘सुडान विटनेस प्रोजेक्ट’ ले अनुसन्धान गर्दै उच्च जनघनत्व भएका क्षेत्रमा निर्देशित बम प्रयोग भएको संकेत पाएको बताएको छ । यसबारेको विवरण बीबीसीले सार्वजनिक गरेको हो ।

प्रतिवेदनका अनुसार २०२३ अप्रिलदेखि २०२५ जुलाईसम्म गरिएको ३८४ हवाई आक्रमणको विश्लेषण गर्दा कम्तीमा १,७०० जनाभन्दा धेरै मारिएको र १,१२० जना घाइते भएको उल्लेख छ । यो तथ्यांक युद्धविमान प्रयोग गरिएका आक्रमणमा आधारित छ, जसको क्षमता सुडानी सशस्त्र बल (SAF) सँग मात्र छ ।

SAF का प्रतिद्वन्द्वी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (RSF) सँग युद्धविमान नभए पनि उनीहरूले ड्रोन आक्रमण गर्छन् । तथापि, यो अनुसन्धान हवाई आक्रमण– अर्थात् युद्धविमानबाट गरिने बमवर्षण– मा मात्र केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ ।

सुडान विटनेस प्रोजेक्टले आफ्नो अनुसन्धान अपूर्ण रहेको स्वीकार गरेको छ, किनकि कमजोर दूरसञ्चार, स्रोत पहिचानका चुनौती र द्वन्द्वग्रस्त क्षेत्रबाट सूचना संकलनको कठिनाइले समग्र आक्रमणको वास्तविक संख्या समेटिन नसकेको बताइएको छ ।

संस्थाले २०२५ जुलाईपछि पनि हवाई आक्रमणको अनुगमन जारी राखेको जनाएको छ । पछिल्लो समय भने दुबै पक्षले ड्रोन–आधारित आक्रमणतर्फ ध्यान केन्द्रित गर्न थालेको उल्लेख गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments