Wednesday, December 10, 2025
spot_imgspot_img
Homeसमाजलुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्य रूपमा सम्पन्न

लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्य रूपमा सम्पन्न

लुम्बिनी– नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न भएको छ। नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्यमा आयोजना गरेको यो महोत्सव बौद्ध धर्म तथा दुवै देशको साझा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे उपस्थित थिए।

यस्तै, नागरिक समाजका प्रतिनिधि, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments