Wednesday, December 10, 2025
spot_imgspot_img
Homeराष्ट्रियएकता सन्देश सभा २५ गते, नेपाल प्रमुख वक्ता

एकता सन्देश सभा २५ गते, नेपाल प्रमुख वक्ता

बाँके।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले जिल्लामा आयोजना गर्न लागेको जिल्ला स्तरीय एकता सन्देश सभाको तयारी तीव्र बनाएको छ। मंसिर २५ गते नेपालगञ्जको त्रिभुवन चौकमा हुने उक्त सभालाई ऐतिहासिक र भव्य बनाउने उद्देश्यसहित प्रचार–प्रसारका कामहरू तीव्र गतिमा अघि बढाइएको छ।

सभा सफल बनाउनका लागि बाँकेका ८१ वटै वडामा संयुक्त बैठकहरू सम्पन्न भइसकेका छन्। पार्टीका नेता नरेन्द्र पाण्डे ‘जेम्स’ले पालिका स्तर र वडा स्तरमा समेत संयुक्त बैठक बसेर जनसम्पर्क, प्रचार–प्रसार र संगठन विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार घरदैलो अभियान, कोणसभा, पर्चा वितरण र सामाजिक सञ्जालमार्फत व्यापक प्रचार भइरहेको छ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको पाण्डेले बताए। यातायात, स्वयंसेवक, मञ्च व्यवस्थापन, अतिथि स्वागत, सुरक्षा तथा प्रचार–प्रसार जस्ता जिम्मेवारीसहित उपसमितिहरू परिचालन गरिएको जनाइएको छ।

उक्त एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै कार्यक्रममा नेता शक्ति बहादुर बस्नेत, कर्णजित बुढाथोकी लगायत शीर्ष नेताहरूको सहभागिता रहने पार्टी नेता दीपक जिएमले जानकारी दिए।

नेताहरूका अनुसार उक्त सभामा १० हजारभन्दा बढी जनताको सहभागिता रहने अपेक्षा गरिएको छ। पार्टीभित्र देखिएको एकता सुदृढ गर्ने, संगठन विस्तार गर्ने तथा वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई सन्देश दिने उद्देश्यले सभा आयोजना गरिएको बताइएको छ।

नेकपा बाँकेले यो सभालाई जिल्लाकै सबैभन्दा ठूलो राजनीतिक कार्यक्रममध्ये एक बनाउने तयारी गरेको जनाएको छ। सभाले बाँकेमा पार्टीको संगठनात्मक मजबुती थप सुदृढ हुने विश्वास नेताहरूले व्यक्त गरेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments