Wednesday, March 4, 2026
spot_imgspot_img
Homeस्थानीयनेपालगन्जको स्वास्थ्य शिविरमा २८ महिलामा पाठेघरको क्यान्सरको शंका

नेपालगन्जको स्वास्थ्य शिविरमा २८ महिलामा पाठेघरको क्यान्सरको शंका

नेपालगन्ज, मङ्सिर २४ – नेपालगन्ज उपमहानगरपालिका–४ स्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा आयोजना गरिएको निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविरमा २८ महिलामा पाठेघरको मुखको क्यान्सरको शंका देखिएको छ।

उपमहानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी स्वास्थ्य शिविरमा आएका १४१ मध्ये ११२ जनाको परीक्षण गर्दा २८ जनामा क्यान्सरको शङ्कास्पद अवस्था पहिचान भएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले जानकारी दिए।

शिविरमा अधिकांश महिलामा पाठेघरसम्बन्धी विभिन्न प्रकारका सङ्क्रमण देखिएका छन्। साथै, ४३ जनाको एचपिभि डीएनए परीक्षण गरिएको र यसको रिपोर्ट आउने बाँकी रहेको बताइएको छ।

भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), ए.एफ.डी. र एम.डि.एम. फ्रान्सको सहयोगमा सञ्चालन गरिएको यस शिविरमा दुई महिलाको पाठेघर खस्ने समस्या भेटिएकाले रिङ लगाउने उपचार गरिएको उपमहानगरपालिकाले जनाएको छ। क्यान्सरको शंका र अन्य सङ्क्रमण देखिएका महिलालाई भेरी अस्पतालमा थप परीक्षण तथा उपचारका लागि रिफर गरिएको छ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रेरणा मलिक, डा. सजिप्ता पन्त तथा कन्सल्ट्यान्ट फिजिसियन डा. शङ्कर केसीले स्वास्थ्य परीक्षण गरेका थिए। सहभागी महिलाले शिविरबाट समयमै उपचार सुरु गर्न पाएको भन्दै सन्तोष व्यक्त गरेका छन्।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेल, जनस्वास्थ्य नर्स विष्णु श्रेष्ठ, परिवार नियोजन सुपरभाइजर वसन्ती मल्ल, स्वास्थ्य अधिकृत गोरखनाथ योगी, वरिष्ठ अनमी प्रेमकुमारी बिसी लगायतले शिविरको अनुगमन गरेका थिए। त्यस्तै, बी–ग्रुपका उपाध्यक्ष मीरा खनाल, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्कबहादुर थापा, ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीलगायतको समेत सहभागिता रहेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments