Wednesday, December 10, 2025
spot_imgspot_img
Homeसमाजखुला महिला म्याराथनमा निरमाया चौधरीको विजयी दौड

खुला महिला म्याराथनमा निरमाया चौधरीको विजयी दौड

घोराही मङ्सिर २४- लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत राप्ती गाउँपालिकामा बुधबार आयोजित खुला महिला म्याराथनमा निरमाया चौधरी पहिलो भएकी छन्। करिब ४ किलोमिटर दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लिँदै उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारिन्।

“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित आयोजित प्रतियोगितामा प्रथम भएकी चौधरीले नगद १४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै, १८ मिनेट ५ सेकेन्डमा दूरी पूरा गर्ने रिमा चौधरी दोस्रो भइन् भने १८ मिनेट १७ सेकेन्डमा दौड समाप्त गर्ने अन्जु सार्की तेस्रो भएकी छन्। दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः १२ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।

मिलनचोक (राप्ती–७) देखि वडानम्बर ३ वसन्तापुरसम्मको करिब ४ किलोमिटर दूरीमा सञ्चालन गरिएको प्रतियोगितामा ७६ महिलाले सहभागिता जनाएका थिए।

विजेतालाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापति चौधरीले पुरस्कार वितरण गरे। अध्यक्ष विष्टले महिला सशक्तीकरण, शारीरिक तन्दुरुस्ती र लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

उपाध्यक्ष चौधरीले १६ दिने अभियानअन्तर्गत गरिएको म्याराथनले महिलालाई खेलकुदमा थप उर्जा प्रदान गरेको उल्लेख गर्दै लैङ्गिक हिंसा न्यूनीकरणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments