Wednesday, December 10, 2025
spot_imgspot_img
Homeसमाजसाढे चार लाख बराबरको टिमुरसहित एक जना बर्दियामा पक्राउ

साढे चार लाख बराबरको टिमुरसहित एक जना बर्दियामा पक्राउ

बर्दिया मङ्सिर २४ – बाजुराबाट नेपालगञ्जतर्फ गैरकानुनी रूपमा लैजाँदै गरिएको चार क्विन्टल ६२ किलो टिमुरसहित एक व्यक्ति बर्दियामा पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–१, चेपाङ नजिक चेकजाँचका क्रममा सु.प्र. ०१–००१ क २१७४ नम्बरको ट्रकबाट १८ बोरामा लुकाइछिपाई राखिएको जडीबुटी फेला परेको प्रहरीले जनाएको छ ।

ट्रक चालक शुक्लाफाँटा नगरपालिका–२ का ४३ वर्षीय तेजबहादुर जागरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए । पक्राउ गरिएको टिमुर अनुमानित साढे चार लाख रुपैयाँ बराबरको रहेको र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार टिमुर कुनै पनि अनुमति बिना ओसारपसार गरिँदै गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments