Thursday, March 5, 2026
spot_imgspot_img
Homeसमाजसीमा तनाव चर्किएपछि कम्बोडियाको टोली थाइल्यान्डमा हुने एशिया गेम्सबाट फिर्ता

सीमा तनाव चर्किएपछि कम्बोडियाको टोली थाइल्यान्डमा हुने एशिया गेम्सबाट फिर्ता

एजेन्सी मंसीर २४ – सीमा विवाद चर्किँदै गएपछि कम्बोडियाले थाइल्यान्डमा हुँदै गरेको दक्षिणपूर्वी एशियाली खेलकुद (एशिया गेम्स)बाट आफ्नो टोलीलाई फिर्ता बोलाएको छ। सीमा क्षेत्रमा तीन दिनदेखि जारी झडपले सुरक्षा जोखिम बढेको भन्दै खेलाडीहरूलाई स्वदेश फर्काइने निर्णय लिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

कम्बोडियाको राष्ट्रिय ओलम्पिक समितिले आयोजकलाई पठाएको पत्रमा ‘गम्भीर सुरक्षा चिन्ता’ र खेलाडीका परिवारहरूबाट आएको अनुरोधका कारण टोली फिर्ता बोलाउने निर्णय भएको उल्लेख छ।

दुई देशबीच सोमबारदेखि सीमा क्षेत्रमा सुरु भएको झडप यस वर्षकै दोस्रो ठूलो भिडन्त मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा मध्यस्थता गरी घोषणा गरिएको नाजुक युद्धविराम समेत वर्तमान तनावले तोडिएको छ।

अमेरिकाले दुवै पक्षलाई लडाइँ बन्द गर्न आग्रह गर्दै आइरहे पनि झडप जारी छन्। लगातार तेस्रो दिन चलिरहेको द्वन्द्वमा कम्तीमा १० जनाको ज्यान गएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।

कम्बोडियाले सन् २०२३ मा आफूले आयोजना गरेको दक्षिणपूर्वी एशियाली खेलकुदमा पदक तालिकामा चौथो स्थान हासिल गरेको थियो। यस वर्षको प्रतियोगिता थाइल्यान्डका बैंकक, चोनबुरी र सोङखलामा हुँदैछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments