Thursday, March 5, 2026
spot_imgspot_img
Homeसमाजसरकारद्वारा आजदेखि तीन महिनासम्म मानसिक स्वास्थ्य सचेतना अभियान सुरु

सरकारद्वारा आजदेखि तीन महिनासम्म मानसिक स्वास्थ्य सचेतना अभियान सुरु

काठमाडौँ – सरकारले आजदेखि तीन महिनासम्म ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्न थालेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार अभियान मंसिर २४ गतेदेखि सुरु भई फागुन ३० गतेसम्म निरन्तर चल्नेछ।

केन्द्रकी निर्देशक डा. राधिका थपलियाका अनुसार पछिल्ला घटनाक्रम र आन्दोलन–प्रदर्शनका कारण विभिन्न समुदायमा तनाव बढिरहेको अवस्थामा मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो। उनले अभियानले सर्वसाधारणमा सकारात्मक प्रभाव पर्न सक्ने विश्वास व्यक्त गरिन्।

वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा बुझाउने लक्ष्यसहित प्रत्येक महिनामा फरक विषयमा आधारित सचेतनामूलक गतिविधि सञ्चालन गरिने जानकारी दिए।

यसैबीच, विश्व स्वास्थ्य संगठनका मनोचिकित्सक डा. केदार मरहट्टाले मानसिक स्वास्थ्यबारे खुलेर संवाद गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार नेपालमा १० मध्ये एक जनाले कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्, जसले यो विषयलाई ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा उभ्याएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments