Thursday, March 5, 2026
spot_imgspot_img
Homeसमाजभन्सार एजेन्टको आन्दोलन समाप्त, देशभर जाँचपास सेवा सुचारु

भन्सार एजेन्टको आन्दोलन समाप्त, देशभर जाँचपास सेवा सुचारु

काठमाडौँ – भन्सार एजेन्टहरूले सञ्चालनमा ल्याएको पेनडाउन आन्दोलन रोकिएसँगै रोकिएको भन्सार जाँचपास सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्ताले सकारात्मक निष्कर्ष निकालेपछि जाँचपास कार्य पुनः सुचारु भएको हो।

महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै भन्सार विभाग माग सम्बोधनप्रति सकारात्मक बनेको कारण आन्दोलन फिर्ता गरिएको जानकारी दिए। भन्सार विभागले पनि विज्ञप्ति जारी गर्दै दुवै पक्षबीचको वार्ता परिणाममूलक भएको र सेवा नियमित रूपमा सञ्चालनमा आएको पुष्टि गरेको छ।

भन्सार ऐन २०८२ का केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित र काम गर्ने वातावरणमा नकारात्मक असर परेको भन्दै महासङ्घले देशभर पेनडाउन गरेको थियो।

आइतबार वीरगञ्ज भन्सारबाट सुरू भएको आन्दोलन सोमबार भैरहवा भन्सार पूर्ण रूपमा ठप्प बनेको थियो। तेस्रो दिन अर्थात् हिजो देशभरका सबै भन्सार कार्यालयमा सेवाहरू रोकिँदा जाँचपास कार्य प्रभावित भएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments