Friday, December 12, 2025
spot_imgspot_img
Homeसमाजदाङ बस दुर्घटना : उपचारपछि २२ घाइते डिस्चार्ज

दाङ बस दुर्घटना : उपचारपछि २२ घाइते डिस्चार्ज

दाङ मङ्सिर २५ – दाङको लमही नगरपालिका–१ कौडियापुल नजिक आज बिहान पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस दुर्घटनामा परेपछि घाइते भएकाहरूलाई लमही अस्पतालमा उपचार गरिएको र सबैको अवस्था सामान्य बनेपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरूमा डडेल्धुराका रिक्से धामी, नरेश ताम्राकार, शिवराज भट्टराई, खगेन्द्र बिके, सञ्जा महरा, नरेन्द्रप्रसाद भट्टराई, विक्रम धामी, पार्वती बिष्ट, धनबहादुर ऐर, जितेन्द्र बुढा ऐर, देवी साकी, मोहनसिंह साकी, योगेश साकी, साजन कैनी र जुना बुढा रहेका छन्। यस्तै कैलालीका महेन्द्र ओड र एक वर्षीय टेकबहादुर थापा, बैतडीका धुब चन्द, यशोधा धामी र उनकी एक वर्षीय छोरी रिषिका बोहोरा तथा प्युठानकी कमला गिरी र भुनुदेवी साउदसमेत घाइते भएका थिए।

सबै घाइतेको स्वास्थ्य अवस्था सुधार भएसँगै अस्पतालले डिस्चार्ज गरेको प्रनाउ शाहले बताए। दुर्घटनाबारे अनुसन्धान अघि बढाइरहेको प्रहरीले बस चालक अमरगढी नगरपालिका–७, डडेल्धुरा निवासी ३६ वर्षीय राजेन्द्र कैनीलाई नियन्त्रणमा लिएको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments