Thursday, December 11, 2025
spot_imgspot_img
Homeसमाजनेपालगन्जमा विशेष अपरेशन : १३८ ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ

नेपालगन्जमा विशेष अपरेशन : १३८ ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ

नेपालगन्ज मङ्सिर २५ – बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा पछिल्लो केही वर्षयता लागुऔषधको ट्रान्जिटजस्तै गतिविधि बढेपछि प्रहरीले लगाएको ‘विशेष अपरेशन’ अन्तर्गत १३८ ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले सीमा नाकादेखि बजार क्षेत्रसम्म कडा निगरानी गर्दै अपरेशनलाई तीव्र बनाएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

विशेष सूचनाका आधारमा नेपालगन्ज–१४ ‘मेरो प्लानेट’ नजिक खटिएको प्रहरी टोलीले लागुऔषध कारोवारमा संलग्न तीन जना– २४ वर्षीय सुदिपकुमार भाट, २६ वर्षीय पवनकुमार शर्मा र डुडुवा–६ का ३२ वर्षीय राजु साहलाई पक्राउ गरेको हो। मोटरसाइकल (भे १२ प १२२९) रोकेर भइरहेको ब्राउनसुगर कारोबारको सूचनाअनुसार खानतलासी गर्दा सुदिप भाटको पाइन्टको खल्तीबाट मात्र ६४ ग्राम १६० मिलिग्राम ब्राउनसुगर र चार थान मोबाइल फोन बरामद गरिएको प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताए।

अनुसन्धानपछि पक्राउ परेकाहरूलाई लागुऔषध बिक्री गर्ने व्यक्ति नेपालगन्ज–१४ उधोपुरुवाका ५९ वर्षीय सुरत खटिक रहेको खुलेपछि प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको छ। खटिकको खल्तीबाट ३४ ग्राम ब्राउनसुगर र एक थान मोबाइल फेला परेको प्रहरीको भनाइ छ।

यी घटनाबाट जम्मा १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइन, पाँच थान मोबाइल र एक मोटरसाइकल बरामद गरी चारै जनामाथि कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै, अर्को अपरेशनअन्तर्गत नेपालगन्ज–१५ जमुनाहा माछामण्डी नजिक चेकजाँचका क्रममा भारत, नानपारा निवासी थरुवा अहमद र हराइच निवासी तोहीद खानलाई समातिएको छ। उनीहरूको साथबाट थप ३८ ग्राम ब्राउनसुगर बरामद भएको प्रवक्ता पातलीले जानकारी दिए ।

प्रहरीका अनुसार लागुऔषध नियन्त्रण अभियानलाई झन् कडा बनाउँदै अपरेशन निरन्तर जारी रहनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments