Thursday, December 18, 2025
spot_imgspot_img
Homeसमाजबैजनाथमा नगर प्रहरीका लागि आधारभूत तालिम सुरु

बैजनाथमा नगर प्रहरीका लागि आधारभूत तालिम सुरु

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकाले छनोट गरेका नगर प्रहरीका लागि आधारभूत तालिम सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्तासँगको सहकार्य तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाले १ जना नगर प्रहरी सहायक निरीक्षक, १ जना नगर प्रहरी हवल्दार र ७ जना नगर प्रहरी जवान छनोट गरेको थियो । उनीहरूका लागि १५ दिनसम्म सञ्चालन हुने आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताका समादेशक तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बम, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्याय, लेखा अधिकृत पूर्णप्रसाद जैसी, सशस्त्र प्रहरी नायब उपरीक्षक, निरीक्षकहरू लगायत सुरक्षाकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाही र उपाध्यक्ष रोकायले स्थानीय सरकारको आफ्नै नगर प्रहरी संरचना बनेपछि सुरक्षा, सेवा प्रवाह र कार्य सम्पादनमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी जवान तालिम शिक्षालयका अनुसार १५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा प्रशिक्षार्थीहरूलाई पेशागत ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अग्नि नियन्त्रण, आपतकालीन उद्धार, अतिथि सत्कार, ड्रिल, भूकम्प व्यवस्थापन, कानून, मानव अधिकार, भीआईपी सुरक्षा, हुल तथा दंगा व्यवस्थापन, कार्यालय सुरक्षा लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ । तालिम लेक्चर, प्रस्तुति, पावर प्वाइन्ट, डेमोन्स्ट्रेसन, छलफल र अभ्यासमार्फत व्यवस्थित ढंगले सञ्चालन गरिने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments