Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–३ मा दिपक जिएमको चर्चा चुलिँदै

बाँके–३ मा दिपक जिएमको चर्चा चुलिँदै

बाँके निर्वाचन क्षेत्र नं. ३ बाट दिपक जिएमको नाम राजनीतिक वृत्तमा तीव्र रूपमा चर्चामा आएको छ। हाल उहाँ नेपाली कम्युनिस्ट पार्टी, बाँके जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनु भएको छ र लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आउनु भएको छ।
पार्टीभित्र मात्र नभई आम जनसमुदायमा पनि दिपक जिएम सरल, मनका धनी तथा समाजसेवी नेताका रूपमा परिचित हुनुहुन्छ। कोरोना महामारीको कठिन समयमा बैजनाथ क्षेत्रमा उहाँले खेलेको भूमिकालाई स्थानीयवासीहरूले सकारात्मक रूपमा स्मरण गर्ने गरेका छन्। राहत वितरणदेखि सामाजिक सहकार्यसम्म उहाँको सक्रियता उल्लेखनीय रहेको बताइन्छ।
शिक्षण पेसाबाट राजनीतिमा पूर्णकालीन प्रवेश गर्नुभएका दिपक जिएम जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्ने र समाधानतर्फ पहल गर्ने नेताका रूपमा लोकप्रिय बन्दै जानुभएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहे पनि, बाँके–३ बाट उहाँको नाम सम्भावित उम्मेदवारका रूपमा व्यापक चर्चामा रहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments