Friday, March 6, 2026
spot_imgspot_img
Homeस्थानीयफरक मतबीच पनि संस्कृति, कला र विकासले सबैलाई एउटै मञ्चमा जोड्यो

फरक मतबीच पनि संस्कृति, कला र विकासले सबैलाई एउटै मञ्चमा जोड्यो

नेपालगन्ज पुस १३- बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको ‘कोहलपुर महोत्सव २०८२’ ले फरक मत र विचारबीच पनि संस्कृति, कला र विकासमार्फत सबैलाई एउटै मञ्चमा जोड्न सफल भएको देखिएको छ ।

“कोहलपुर महोत्सव : दिगो विकासको उत्सव” भन्ने मूल नारासहित कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवले स्थानीयदेखि बाह्य दर्शकसम्मको उल्लेखनीय सहभागिता पाइरहेको छ ।

महोत्सवको पाँचौँ दिन आज चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ । आजको मुख्य आकर्षणका रूपमा चर्चित अभिनेता तथा मोडल पल शाहको दमदार प्रस्तुति रहेको थियो ।

युवापुस्तामाझ अत्यन्त लोकप्रिय शाहको उपस्थितिले दर्शकको उत्साह थप चुलिएको देखिन्थ्योब। साथै, चर्चित गायिका आस्था राउतले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाएकी थिइन् ।

त्यस्तै, गायक रमेश राज भट्टराईको सुमधुर स्वर, मोडल बबिता धितालको आकर्षक नृत्य प्रस्तुति तथा हास्य कलाकार सुरेश के.सी. र शिव शंकरका प्रहसनले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन कोष खड्का र ममता थापाले गरेका थिए ।

कोहलपुर–११, न्यूरोड चोकस्थित खुल्ला मैदानमा सञ्चालन भइरहेको महोत्सवमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसँगै कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका स्टलहरू समेत राखिएका छन् । यस्ता स्टलहरूले स्थानीय उत्पादन, सीप, कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको आयोजकको भनाइ छ ।

महोत्सवको विषयमा केही असन्तुष्टि र विरोधका स्वरहरू पनि उठिरहेका छन् । तर आयोजक तथा सहभागीहरूले ती फरक मतलाई सकारात्मक रूपमा लिँदै संवाद र सहकार्यमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फरक मतका बीच पनि महोत्सवले सामाजिक एकता, आर्थिक चलायमानता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउँदै लगेको आयोजकको धारणा छ ।

के.एल. दुग्गड ग्रुप मुख्य प्रायोजक रहेको यस महोत्सवले कोहलपुर क्षेत्रको आर्थिक, व्यापारिक तथा सांस्कृतिक गतिविधि थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments