Monday, April 20, 2026
spot_imgspot_img
Homeस्थानीयचौथो खुला व्यायाम प्रतियोगिता सफलतापूर्वक सम्पन्न

चौथो खुला व्यायाम प्रतियोगिता सफलतापूर्वक सम्पन्न

नेपालगन्ज पुस १३- BB Group को मुख्य प्रायोजन र Ghorahi Cement को सह–प्रायोजनमा, नेपालगञ्ज उप–महानगरपालिका तथा नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ को सहयोग र सहकार्यमा NYFC Nepalgunj द्वारा आयोजना गरिएको “4th Open Street Games 2025 (चौथो खुला व्यायाम प्रतियोगिता २०८२)” मिति December 27th, 2025 मा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम नेपालगञ्ज उप–महानगरपालिकाका नगरप्रमुख श्री प्रशान्त बिष्ट ज्यूको प्रमुख आतिथ्य तथा नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ का अध्यक्ष श्री प्रमोद रिजाल ज्यूको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा युवाहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यले व्यायाम र खेलकुदको महत्वलाई विशेष जोड दिइयो।
यस प्रतियोगितामा Male Open Circuit, Female Open Circuit र Open Bar विधामा प्रतिस्पर्धा सम्पन्न भएको थियो।
Male Open Circuit तर्फ प्रथम विशाल गिरी, दोस्रो विवेक थापा र तेस्रो ललित शाही विजयी भए।
Female Open Circuit तर्फ प्रथम राज्जु महर्जन, दोस्रो रोजिता लामा र तेस्रो रचना राना मगर विजयी भइन्।
Open Bar तर्फ प्रथम शिवराज ढकाल, दोस्रो सञ्जोग थापा र तेस्रो ललित शाही विजयी भए।
यसका साथै Fun Run, Tol Tol Ma Fitness जस्ता विशेष कार्यक्रमहरू पनि आयोजना गरिएका थिए।
Spirit of the Game अवार्ड अन्तर्गत Circuit Male तर्फ सागर विश्वकर्मा र Circuit Female तर्फ मुस्कान अग्रवाल चयन भए।
प्रतियोगिताका निर्णायक मण्डलमा युवराज बस्नेत, सुरज डंगोल, विश्वराज तामाङ घिसिङ र क्षितिज सिंह क्षेत्री रहेका थिए।
विजयी खेलाडीहरूलाई प्रथम, दोस्रो र तेस्रो स्थानका लागि क्रमशः रु २०,०००, रु १५,००० र रु १०,००० नगद पुरस्कार प्रदान गरियो। साथै विभिन्न प्रायोजकहरूबाट गिफ्ट ह्याम्पर, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो।
कार्यक्रममा Apparel Partner – Nexlo Nepal, Food Partner – Hilife, Nutrition Partner – Poshilo, Education Partner – Brightland College, Fitness Education Partner – NYFA Nepal, तथा Hospitality Partner – Pahuna Ghar र Hotel Starlight को महत्वपूर्ण सहयोग रहेको थियो।
कार्यक्रम आयोजक समितिमा संस्थापक अध्यक्ष श्री तिलक शाही, सह–संस्थापक श्री रोहन गुरुङ तथा सदस्यहरू प्रकाश कठायत (Digital Marketing Manager), क्षितिज सिंह क्षेत्री, निश्‍चल शाह, सुसान्त नरसिंह राणा, जयनारायण शाही, जनक गुरुङ र सन्देश रहेका थिए।
NYFC Nepalgunj ले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण प्रायोजक, सह–प्रायोजक, अतिथिहरू, निर्णायक, स्वयंसेवक, मिडिया तथा सहभागी सबै खेलाडीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै आगामी दिनहरूमा पनि युवाहरूको स्वास्थ्य, फिटनेस र खेलकुद प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments