Friday, March 6, 2026
spot_imgspot_img
Homeस्थानीयआलोचना सच्याउने ऐना हो, उत्सव एकता दुवै मिले दिगो विकास सम्भव हुन्छ

आलोचना सच्याउने ऐना हो, उत्सव एकता दुवै मिले दिगो विकास सम्भव हुन्छ

नेपालगन्ज पुस १५- आलोचनाबाट सुधार र उत्सवबाट एकता सम्भव हुन्छ भन्ने सन्देश बोकेर सञ्चालन भइरहेको ‘कोहलपुर महोत्सव–२०८२’ ले सातौँ दिनमा आइपुग्दा कोहलपुरलाई मनोरञ्जन मात्र नभइ सामूहिक चेतना र सोचको केन्द्र बनाएको छ । भीड, संगीत र उज्यालोबीच महोत्सवले समाजलाई आफैँतर्फ फर्केर हेर्ने अवसरसमेत दिएको छ ।

कोहलपुर महोत्सव–२०८२’ को सातौँ दिन सम्म आइपुग्दा आजसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिति हरेको थियो । भीड, उत्साह र सहभागिताले भरिएको आजको दिनले महोत्सवलाई मनोरञ्जनको कार्यक्रम होइन, कोहलपुरको सामूहिक चेतना र एकताको प्रतीकका रूपमा उभ्याएको छ ।

महोत्सवमा आज राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहेकाले महोत्सवस्थल बिहानदेखि नै दर्शकले भरिन थालेको थियो । साँझ पर्न नपाउँदै न्यूरोड चोकस्थित खुला मैदान मानव सागरजस्तै देखिन्थ्यो ।

लोकदोहोरी गायक रामजी खाँड ले गाउँ–समाजका कथा र पीडालाई गीतमार्फत मञ्चमा उतार्दा दर्शक भावुक मात्र होइन, सचेत पनि देखिन्थे । त्यसैगरी गायिका ज्योति मगरको आत्मविश्वासी र उर्जाशील प्रस्तुतिले उत्सवमा सहभागी युवाहरूलाई एकै लयमा बाँधेको थियो ।


महोत्सवमा रेश्मा पुन मगर, राधिका हमाल तथा मोडल अञ्जली अधिकारी ले आ–आफ्नो शैलीमा प्रस्तुति दिँदै महोत्सवलाई विविधता र समावेशिताको उदाहरण बनाएका थिए ।

महोत्सवस्थलभित्रका कृषि, पर्यटन र औद्योगिक स्टलहरू पनि सातौँ दिन विशेष रूपमा सक्रिय देखिए । स्थानीय उत्पादनप्रति बढेको आकर्षणले आलोचना र सुझावलाई आत्मसात् गर्दै अघि बढ्दा मात्र स्थानीय अर्थतन्त्र बलियो बन्ने सन्देश स्पष्ट भएको थियो । आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईका अनुसार महोत्सवले प्रश्न उठाउने, सुझाव सुन्ने र सुधारतर्फ अघि बढ्ने साझा संस्कार विकास गरिरहेको छ बताए ।

आयोजकहरू भन्छन्—समाजमा उत्सव आवश्यक छ, तर आँखाचिम्लेर होइन; आलोचना आवश्यक छ, तर तोडफोडका लागि होइन । यी दुवैलाई सँगसँगै अघि बढाउन सके मात्र विकास दीर्घकालीन बन्न सक्छ । यही दर्शनलाई व्यवहारमा उतार्ने प्रयास कोहलपुर महोत्सवले गरिरहेको उनीहरूको भनाइ छ ।

आगामी दिनहरूमा थप राष्ट्रिय कलाकारहरूको प्रस्तुति र व्यवसायिक गतिविधिसहित महोत्सव निरन्तर जारी रहनेछ । कोहलपुर महोत्सव–२०८२ ले देखाएको बाटो भनेको आलोचना सच्याउने ऐना बनेर, उत्सव एकताको सेतु बनेर, दिगो विकासतर्फ समाज अघि बढ्न सक्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments