Thursday, January 15, 2026
spot_imgspot_img
Homeसमाजबैजनाथले जेष्ठ नागरिकलाई बाँड्यो न्यानो कपडा

बैजनाथले जेष्ठ नागरिकलाई बाँड्यो न्यानो कपडा

बाँके (बैजनाथ) कठ्यांग्रिदो जाडो मौसमलाई लक्षित गर्दै बैजनाथ गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै ८ वटै वडामा एकैसाथ न्यानो कपडा (फाइबर सिरक) वितरण सुरु गरेको हो ।
सोही क्रममा सोमबार बैजनाथ गाउँपालिका–१ मा आयोजित विशेष कार्यक्रममा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जेष्ठ नागरिकलाई न्यानो कपडा हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले कठ्यांग्रिदो जाडो मौसममा जेष्ठ नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकारले जेष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जेष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्य, सम्मान र जीवनस्तर सुधारका लागि गाउँपालिका सधैं संवेदनशील रहने पनि बताउनुभयो ।
कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्ल, अन्य जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी जेष्ठ नागरिकहरूले न्यानो कपडा वितरणले जाडोयाममा ठूलो राहत मिलेको भन्दै गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरेका थिए ।
बैजनाथ गाउँपालिकाले आगामी दिनमा पनि लक्षित वर्गलाई केन्द्रमा राखी सामाजिक सुरक्षा र जनमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments