बैजनाथ (बाँके):बैजनाथ जेसीजको चौथो साधारणसभा तथा तेस्रो शाखा अधिवेशनबाट बैजनाथ जेसीज वर्ष २०२६ का लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
अध्यक्षमा जेसी गणेश खड्का चयन हुनुभएको छ । यस्तै, कार्यकारिणी उपाध्यक्षमा जेसी हेमराज बि.सी. र जेसी मिना खत्री निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदमा जेसी अरुण लामिछाने, जेसी वसन्त राज न्यौपाने, जेसी कृति पुन मगर र जेसी पुजा खत्री चयन हुनुभएको छ ।
नव–निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


