Thursday, January 15, 2026
spot_imgspot_img
Homeसमाजकोहलपुर महोत्सव भब्य रुपमा सम्पन्न, करिब ९० हजारले गरे अवलोकन

कोहलपुर महोत्सव भब्य रुपमा सम्पन्न, करिब ९० हजारले गरे अवलोकन

नेपालगन्ज पुस २४- कोहलपुरमा जारी महोत्सव समापन भएको छ । पुष ९ गतेदेखी संचालन भएको महोत्सव बुधबार भब्य समारोहका बिच समापन भएको हो ।

समापन समारोहको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले गरेका थिए । महोत्सवको समापन समारोह उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले स्थानियस्तरमा आयोजना हुने गरेक गतिविधिलाई स्थानिय सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उनले बिभिन्न समस्याका वावजुद कोहलपुर उद्योग वाणिज्य संघले भब्य रुपमा महोत्सव सम्पन्न गर्न सफल भएको प्रति खुसी ब्यक्त गर्दै आगामी दिनमा समेत कोहलपुरमा संचालन हुने मेला–महोत्सवको नेतृत्व कोहलपुर उद्योग वाणिज्य संघले लिनुपर्ने धारणा राखेका थिए । उनले कोहलपुरको आर्थिक गतिविधिलाई चलायमान गराउन महत्वपूर्ण मेला महोत्सवको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्दै यहाँको आर्थिक, सामाजिक, साँस्कृतीक तथा पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायसँग हातेमालो गर्न स्थानिय सरकार सधैं तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप भट्टराईले विभिन्न आरोह–अवरोहका बिचमा समेत महोत्सव सफलतापूर्वक सम्मपन्न गर्न सहयोग गर्ने सबैप्रति कृतज्ञता ब्यक्त गरेका थिए । उनले स्थानिय सरकारले कोहलपुर उद्योग वाणिज्य संघ प्रति विश्वास देखाएर दिएको जिम्मेवारी आफ्नो टिमले पुरा गरेको समेत उल्लेख गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उप–प्रमुख सिता कार्की, कोहलपुर नगरपालिकाका उप–प्रमुख संगिता सुवेदी, नेपाली काँग्रेस क्षेत्रीय सभापती पोषण केसी, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे (जेन्स), नेकपा एमालेका कुल बहादुर भट्टराई, राप्रपाका अर्जुनजंग शाह, महोत्सवको मुख्य प्रायोजक के.एल. दुग्गड ग्रुपका सिइओ प्रदिप छाछड लगाएतका वक्ताहरुले कोहलपुरमा ऐतिहासिक रुपमा महोत्सव सम्पन्न भएकको भन्दै खुसी ब्यक्त गरेका थिए । निजि क्षेत्रको सबैभन्दा ठुलो संस्था उद्योग वाणिज्य संघले नै स्थानिय स्तरमा हुने मेला महोत्सवको स्वामित्व लिनुपर्ने भन्दै वक्ताहरुले मेला महोत्सवको नाममा हुने अराजक गतिविधि रोक्नुपर्नेमा जोड दिएका थिए ।

महोत्सवको समापन समारोहमा सहयोगी संघसंस्था, मुख्य प्रायोजक, प्रायोजक तथा राजनितिक दलका प्रतिनिधि, संचारकर्मी, कलालकार, कर्मचारी तथा महोत्सवलाई सफल बनाउन सहयोगी भुमिका खेल्ने संघ–संस्था तथा ब्यक्तीहरुलाई कदर पत्र तथा मायाको चिनो प्रदान गरीएको थियो ।

झण्डैं ९० हजारले गरे महोत्सवको अवलोकन

कोहलपुर महोत्सवको १५औं दिनसम्म झण्डैं ९० हजार अवलोकनकर्ताले महोत्सवको अवलोकन गरेका छन । टिकट व्यवस्थान उप–समितिका संयोजक टंक खनालका अनुसार महोत्सव अवधिभर २९ हजार विद्यार्थीले महोत्सव अवलोकन गरेका छन भने सामान्यतर्फ झण्डैं ६१ हजार बढिले प्रत्यक्ष रुपमा महोत्सवको लाभ उठाएका छन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments