Tuesday, March 3, 2026
spot_imgspot_img
Homeसमाजबासगढीमा ३०४औँ पृथ्वी जयन्ती भव्य रूपमा सम्पन्न

बासगढीमा ३०४औँ पृथ्वी जयन्ती भव्य रूपमा सम्पन्न

बर्दिया । श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बर्दिया जिल्लाको बासगढी नगरपालिका–५, बाँसगढी चोकमा आज भव्य कार्यक्रम सम्पन्न भएको छ।
विर बहादुर सोनीको योजनामा तथा बाँसगढीबासीहरूको व्यापक सहभागितामा स्वतन्त्र रूपमा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण, राष्ट्रिय एकता सुदृढीकरण, स्वाधीनता र सार्वभौमिकताको संरक्षणबारे जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, युवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेषगरी बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बराल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बासगढीका इन्चार्ज परशुराम चौधरी, युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीलगायतको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रममा वक्ताहरूले पृथ्वीनारायण शाहले नेपाललाई बाइसे–चौबिसे राज्यहरूको विखण्डनबाट एकीकृत राष्ट्रका रूपमा स्थापित गरेको ऐतिहासिक योगदानको चर्चा गर्दै उहाँको “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने विचार आज पनि राष्ट्रिय एकताको आधारस्तम्भ रहेको बताए। साथै, उहाँद्वारा प्रतिपादित दिव्य उपदेश वर्तमान पुस्ताका लागि मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरिएको थियो।
कार्यक्रमको उद्देश्यअनुसार राष्ट्रिय पहिचान, इतिहासप्रतिको सम्मान, युवापुस्तामा देशभक्ति भावनाको विकास तथा सामाजिक सद्भाव कायम गर्न यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

 

Oplus_131072

 कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण आयोजक, सहभागी, संघ–संस्था, सुरक्षाकर्मी तथा स्थानीय नागरिकप्रति आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments