Thursday, January 15, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँकेमा राप्ती मकर स्नान महोत्सव–२०८२ शुरु

बाँकेमा राप्ती मकर स्नान महोत्सव–२०८२ शुरु

बाँके । राप्ती मकर स्नान महोत्सव–२०८२ बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत पर्ने बैकिन्ठ धाम सिधनिया घाटमा भव्य रूपमा शुरु भएको छ। मकर सङ्क्रान्तिको पावन अवसरमा आयोजना गरिएको उक्त महोत्सवमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
नाट्टा बाँके च्याप्टर नेपालगन्ज, बाँकेको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सम्पन्न महोत्सवमा डुडुवा गाउँपालिकाको कार्यालय र राप्ती गंगा महाआरती समितिको सहकार्य रहेको थियो। बिहान ४:०० बजेदेखि नै प्रातःकालीन स्नानका लागि भक्तजनहरू राप्ती नदी किनारमा जम्मा भएका छन् ।
कार्यक्रम अनुसार बिहान ६:५६ बजे राप्ती गंगा महाआरती आयोजना गरिएको छ।जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको छ। महाआरतीमा सहभागी श्रद्धालुहरूले दीप प्रज्वलन गरी धार्मिक आस्थालाई थप बलियो बनाएका छन् ।
महोत्सवका विषयमा जानकारी दिँदै नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम ओलीले मकर स्नान महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।


यसैबीच, माघ ३० गते रातभर नरैनापुर भजन मण्डलीद्वारा भजन–कीर्तन कार्यक्रम सञ्चालन गरिएको थियो। भजन मण्डलीका विनय दीक्षितले रातभर श्रद्धालुहरूलाई भक्ति सङ्गीतमार्फत आध्यात्मिक अनुभूति प्रदान गरिएको जानकारी दिनुभयो।
सुरक्षाका दृष्टिले सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली सम्भावित जोखिम न्यूनीकरणका लागि मकर स्नान अवधिभर उद्धार तयारी अवस्थामा परिचालन गरिएको छ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्दै सम्पन्न राप्ती मकर स्नान महोत्सव–२०८२ले स्थानीयस्तरमा उत्साह र धार्मिक चेतनालाई थप सुदृढ बनाएको छ।

महत्त्वपूर्ण तस्वीरहरु…

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments