Thursday, January 15, 2026
spot_imgspot_img
Homeराष्ट्रियराप्ती सिधनियाघाटमा बैकुण्ठ धामको शिलान्यास

राप्ती सिधनियाघाटमा बैकुण्ठ धामको शिलान्यास

बाँके । डुडुवा गाउँपालिका–४ स्थित पवित्र राप्ती नदी किनारको सिधनियाघाटमा निर्माण हुन लागेको बैकुण्ठ धामको औपचारिक रूपमा शिलान्यास कार्य सुरु गरिएको छ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले निर्माण हुन लागेको बैकुण्ठ धामको शिलान्यास माघ १ गते बिहीबारका दिन बैकुण्ठ धाम विकास समितिका अध्यक्ष डा. सुरेस कुमार कनोडियाले विधिपूर्वक फरुवा खनेर गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा धार्मिक विधि–विधान अनुसार पूजा–अर्चना गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष डा. कनोडियाले बैकुण्ठ धामलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “राप्ती नदीको पावन किनारमा निर्माण हुन लागेको बैकुण्ठ धामले धार्मिक पर्यटनलाई बढावा दिनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ।”
उहाँका अनुसार धाम निर्माण सम्पन्न भएपछि यहाँ नियमित धार्मिक अनुष्ठान, मेला–पर्व तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ, जसले सिधनियाघाट क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
शिलान्यास कार्यक्रममा सहभागी वक्ताहरूले बैकुण्ठ धाम निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिँदै यसले क्षेत्रको धार्मिक महत्व थप उजागर गर्ने विश्वास व्यक्त गरे।
स्थानीयवासीहरूले लामो समयदेखि धार्मिक संरचनाको अभाव महसुस गर्दै आएको उल्लेख गर्दै बैकुण्ठ धाम निर्माण सुरु हुनु आफूहरूका लागि खुसीको विषय भएको प्रतिक्रिया दिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments