Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथमा उप-प्रमुख कप खेलकुद तयारी तीव्र

बैजनाथमा उप-प्रमुख कप खेलकुद तयारी तीव्र

कुशल दलामी बाँके । बैजनाथ गाउँपालिकामा आयोजना हुन लागेको चौथो उपप्रमुख कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी तीव्र रूपमा अघि बढाइएको छ। प्रतियोगिताको तयारीका सन्दर्भमा विभिन्न उपसमितिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
खेलकुद विकास समिति संयोजक लाल बहादुर थारुको संयोजनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका शिक्षकहरू, खेलकुद प्रतियोगिता सचिवालय सदस्यहरू तथा सबै उपसमितिका सदस्यहरूको सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सचिवालय सदस्य तथा शिक्षण शाखाका कर्मचारी लाल बहादुर बोहराले माघ ४ गतेदेखि सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट प्रक्रिया तथा उपप्रमुख कप खेलकुद प्रतियोगिताको तयारी एकसाथ अघि बढाइएको जानकारी दिनुभयो।
त्यसैगरी, चौथो उपप्रमुख कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता–२०८२ लाई सफल बनाउन १५ वटा विभिन्न उपसमिति गठन गरिएको जानकारी बैजनाथ खेलकुद विकास समिति सदस्य कुल बहादुर भण्डारीले दिनुभयो। उहाँका अनुसार प्रत्येक उपसमितिलाई जिम्मेवारी बाँडफाँड गरिएको छ।


कार्यक्रममा सहभागीहरूले खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगितालाई अनुकरणीय बनाउन सबैको सहकार्य आवश्यक रहेको प्रमुख अतिथि उपाध्यक्ष निर्मला रोकायले बताउनुभएको खेलकुद बिकास समिति संयोजक लाल बहादुर थारुले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments