नेपालगन्ज माघ ४- काेहलपुर नगर खेलकुद विकास समितिकाे आयाेजनामा आठाै उप-मेयर कप अन्तर मा.वि. छात्रा क्रिकेट प्रतियोगिता-२०८२ सुरू भएकाे छ । `स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद्´ भन्ने मुल नारासहित आइतबारदेखि प्रतियोगिता सुरू भएकाे हाे । प्रतियोगिताकाे काेहलपुर नगरपालिकाकी उपप्रमुख संघीता सुवेदीले दीप प्रज्ज्वल गरेर उद्घाटन गरिन् ।
प्रतियाेगिता उद्घाटन सत्रमा बाेल्दै उपप्रमुख सुवेदीले काेहलपुरमा छात्रा क्रिकेट विकासरी खेलाडी उत्पादन गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयाेजना गर्दै आएकाे बताइन् । उनका अनुसार प्रतियोगिताले छात्रा क्रिकेटर जन्माउन भूमिका खेलेकाे छ । `काेहलपुर महिला क्रिकेटकाे उदगम् थलाे हाे । खेलकुदकाे उर्वरभूमिसमेत हाे । स्थानीय सरकारले पनि खेलकुद विकासलाई प्राथमिकता दिएकाे छ ।´उप-मेयर कप अन्तर मा.वि. छात्रा क्रिकेट प्रतियोगिता हरेक वर्ष सञ्चालन हुँदै आएकाे भन्दै आगामी दिनमा समेत निरन्तरता दिने उनकाे भनाई थियाे । यस्तै सहभागी छात्राहरूलाई अनुशासित रूपमा खेल प्रदर्शन गर्न उपप्रमुख सुवेदीले आग्रह गरिन् । उक्त अवसरमा बाेल्दै काेहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयाेजक इश्वरीप्रसाद विश्वकर्माले काेहलपुर नगरपालिकाले काेहलपरलाई खेलकुदकाे हब बनाउन नीति लिएकाे बताए । साेही अनुसार नगरपालिकाले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा लगानी गरिरहेकाे उनकाे भनाइ छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले छात्रा क्रिकेट प्रतियोगिता नयाँ खेलाडी उत्पादन गनर्ने उद्देश्यसहित सुरू भएकाे बताए । उनका अनुसार समितिले काेहलपुरमा फुटबल,क्रिकेट लगायतका खेलहरू विकासका लागि काम गरिरहेकाे छ । प्रतियोगितामा काेहलपुर क्षेत्रका १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूकाे सहभागीता रहेकाे छ ।


