Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियचौथो बैजनाथ उप–प्रमुख कप खेलकुद प्रतियोगिता उद्घाटन

चौथो बैजनाथ उप–प्रमुख कप खेलकुद प्रतियोगिता उद्घाटन

कुशल दलामी
बाँके । बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको चौथो उप–प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता–२०८२ आइतबार भव्य रूपमा उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रम बैजनाथ–६ स्थित गाउँपालिका स्तरीय रंगशाला लालपुर खेलमैदानमा सम्पन्न भएको हो।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, शिक्षक, खेलाडी, विद्यार्थी तथा अतिथिहरूलाई युवा, शिक्षा तथा खेलकुद शाखाकी प्राविधिक सहायक शोभा ढकालले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहीले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न, लुकेका प्रतिभाको पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
यस वर्षदेखि विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई नगत पुरस्कारको व्यवस्था गरिएको खेलकुद विकास समिति संयोजक लाल बहादुर थारुले जानकारी दिनुभयो।
आइतबार सम्पन्न प्रतियोगिताका नतिजा
आधारभूत विद्यालय – लङ जम्प
छात्रा तर्फ प्रथम: कोमल थारु – नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नौवस्ता द्वितीय: तृसना चन्द – प्रभात नमूना माध्यमिक विद्यालय तृतीय: एन्जल मल्ल – हिमालय विद्या निकेतन स्थान हासिल गर्न सफल भएका छन् ।
छात्र तर्फ प्रथम: अर्जुन थारु – नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ओरी लालपुर द्वितीय: राजेश बिष्ट – हिमालय विद्या निकेतन तृतीय: सचिन थारु – सरस्वती इ.मि. स्कुल, सम्झना माध्यमिक विद्यालय – १५०० मिटर दौड
छात्र तर्फ प्रथम: कबि राना – भृकुटी इ.मि. स्कुल, पितमारी द्वितीय: सागर बुढा – सुर्योदय माध्यमिक विद्यालय, चिसापानी तृतीय: तिलक राना – जनता आदर्श माध्यमिक विद्यालय, जब्दहवाले स्थान हासिल गरेको छ।
छात्रा तर्फ प्रथम: एलिना चौधरी – वागेश्वरी माध्यमिक विद्यालय, गाभर द्वितीय: उमा कुमारी क्षेत्री – प्रभात नमूना माध्यमिक विद्यालय तृतीय: रिता भण्डारी – समावेशी माध्यमिक विद्यालय, तिलकपुर संयोजक थारुका अनुसार प्रतियोगिता माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।
आधारभूत तहमा छात्रा १४९ र छात्र १४८ गरी कुल २९७ खेलाडी सहभागी छन्।
आधारभूत तहमा:
१०० मिटर दौड ४×१०० मिटर रिले
लङ जम्प प्रथम हुने विद्यालयलाई रु. २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
माध्यमिक तहमा:१००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड ४×१०० तथा ४×४०० रिले
लङ जम्प, सटपुट, ज्याभलिन, ट्रिपल जम्प
आधारभूत र माध्यमिक तह गरी कुल १६८६ खेलाडी प्रतियोगितामा सहभागी भएका छन्।
मार्सल आर्ट्स फिल्ड मार्सल राजेश यादवका अनुसार तेक्वान्दो र कराते अन्तर्गत विभिन्न तौल समूहमा छात्र तथा छात्रा दुवै वर्गका प्रतिस्पर्धा हुनेछन्।
पुरस्कार व्यवस्था माध्यमिक तह समग्र प्रथम: रु. ४० हजार द्वितीय: रु. २५ हजार तृतीय: रु. १५ हजार (शिल्ड, मेडल र प्रमाणपत्र सहित) भलिबल, एथलेटिक्स, तेक्वान्दो र कबड्डीका उत्कृष्ट खेलाडीलाई जनही रु. २० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।दुवै तहको शिल्ड जित्ने विद्यालयका प्रशिक्षकलाई जनही रु. १० हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो।

 

कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी लाल बहादुर थारुले गर्नुभएको थियो भने समापन गर्दै उपाध्यक्ष निर्मला रोकायले राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, विद्यालय, खेल प्रशिक्षक, खेलाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण बैजनाथबासीलाई धन्यवाद व्यक्त गर्नुभएको सचिवालय सदस्य शारदा कुमारी के.सी.ले जानकारी दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments