Wednesday, March 4, 2026
spot_imgspot_img
Homeसमाजआठौँ उपमेयर छात्रा कपमा लक्ष्मी मावि र ज्ञान ज्योति माविको विजयी सुरुवात

आठौँ उपमेयर छात्रा कपमा लक्ष्मी मावि र ज्ञान ज्योति माविको विजयी सुरुवात

नेपालगन्ज माघ ५- कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ मा लक्ष्मी मावि र ज्ञान ज्योति माविले विजयी सुरुवात गरेका छन् । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा सुरु भएको आयोजनाको दोस्रो दिन भएका दुई वटा खेलमा लक्ष्मी मावि र ज्ञान ज्योति माविले विजयी सुरुवात गरेका हुन् । आइतबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा लक्ष्मी मावि र कृष्ण माविबीच प्रतिष्पर्धा भएको खेल संयोजक मदन विकले बताए । उनका अनुसार उक्त खेलमा कृष्ण माविलाई हराउँदै लक्ष्मी मावि ४ विकेटले विजयी भएको छ । खेलमा लक्ष्मी माविले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको कृष्ण माविले १५ ओभरमा ८ विकेट गुमाउँदै ६० रन बनाएको थियो । ६१ रनको सामान्य लक्ष्य पाएको लक्ष्मी माविले ८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । पहिलो खेलमा रितु राजकोटी ।प्लेअर अफ द म्याच घोषित भइन् ।
सोमबार नै भएको दोस्रो खेलमा जन ज्योति मावि र ज्ञान ज्योति माविबीच प्रतिष्पर्धा भएको संयोजक विकले जानकारी दिए । खेलमा ज्ञान ज्योति मावि ३७ रनले विजयी भएको छ । टस जितेको ज्ञान ज्योति माविले १५ ओभरमा ३ विकेट गुमाउँदै ११६ रन बनाएको बनाएको थियो । ज्ञान ज्योतिलाई जिताउन सन्ध्या थापाले २ चौकासहित ४० बलमा सर्वाधिक ३८ रन बनाइन् । समान २ चौका प्रहार गरेकी हुमकली ओलीले ३८ बलमा ३२ रन बनाएकी थिइन् । यता ११६ रनको लक्ष्य पछ्याएको जन ज्योति माविले १५ ओभरमा ७ विकेट गुमाउँदै ७९ मै अलआउट भयो । जन ज्योति मावि अप्सरा बुढाले सर्वाधिक २४ बलमा २३ रन जोडिन् । उक्त खेलमा ज्ञान ज्योतिलाई जिताउन महत्वपूर्ण ३८ रन बनाएकी सन्ध्या थापा म्यान अफ द म्याच भइन् ।
प्रतियोगिताको पहिलो दिन कोहलपुर बागेश्वरीलाई हराउँदै बाल शिक्षा मावि भरैयाले जितेको थियो । संयोजक विकले प्रतियोगिताको तेस्रो दिन पहिलो खेल त्रिभुवन मावि र दीपज्योति विद्या आश्रम र दोस्रो खेल पञ्चमुखी स्कूल र जनता मावि मैटहवाबीच हुने जानकारी दिए । प्रतियोगितामा कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु गरेर जम्मा १३ वटा विद्यालय सहभागी छन् । प्रतियोगिता कोहलपुर–११स्थित कोहलपुर क्रिकेट मैदानमा भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments