Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियमनोनयन दर्ताका लागि बाँके पुगे :खगेन्द्र सुनार

मनोनयन दर्ताका लागि बाँके पुगे :खगेन्द्र सुनार

बाँके : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न बाँके आइपुगेका छन्।
लामो समय पत्रकारिता तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहँदै आएका सुनार बाँके क्षेत्र नं. ३ का मतदाताका लागि परिचित अनुहार हुन्। उनले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा आफ्नो घरसमेत रहेको जानकारी दिएका छन्।
सुर्खेत, दैलेख र जाजरकोटको बाहुल्यता रहेको यस निर्वाचन क्षेत्रमा सुनारले दैलेख, सुर्खेत तथा बाँकेको बैजनाथ–१ चिसापानीमा आफ्नो बसोबास रहेको उल्लेख गर्दै आफू स्थानीय नै भएको दाबी गरेका छन्। उनले उक्त जानकारी बैजनाथ राष्ट्रिय दैनिकलाई दिएका हुन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा सुनारसँगै नेकपा (माओवादी केन्द्र) बाट दीपक जी.एम., नेपाली कांग्रेसबाट अम्मर सिंह पुन तथा नेकपा एमालेबाट सुमन मल्लसहितका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
यसैबीच, नेकपा एमालेले दल बहादुर सुनारको नाम परिवर्तन गर्दै सुमन मल्ललाई टिकट दिएसँगै रास्वपाका उम्मेदवार खगेन्द्र सुनारको राजनीतिक प्रभाव बढेको स्रोतको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments