बाँके : नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेकपा बाँकेका नेता दिपक जी.एम.ले मंगलबार मनोनयन दर्ता गराउने भएका छन्।
उम्मेदवार दिपक जी.एम.ले दिउँसो १:०० बजे क्षेत्र नं. ३ अन्तर्गत रहेको निर्वाचन आयोगको कार्यालय, खजुरामा पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम रहेको जानकारी दिनुभएको छ। निर्वाचन आयोगले सो समय नेपाली कम्युनिस्ट पार्टीलाई उपलब्ध गराएको उहाँले बताउनुभयो।
यसअघि बिहान ११:०० बजे नेपाली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तासहित उम्मेदवार दिपक जी.एम. बैजनाथ गाउँपालिका–५ स्थित जी गाउँ अर्निको बजारबाट दलबलसहित र्याली निकाल्दै क्षेत्रीय निर्वाचन आयोगको कार्यालयतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
मनोनयन दर्ता कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन पार्टीले आवश्यक तयारी पूरा गरेको दिपक जि एमको सचिवालयले जनाएको छ।


