बर्दिया : बर्दिया जिल्लाको क्षेत्र नं. १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि दलित समुदायका युवा समाजसेवी वीर बहादुर कामीले आज मनोनयन दर्ता गर्ने भएका छन्।
बाँसगढी नगरपालिका–थुमनी निवासी कामीले राजसंस्था स्थापनाको नारासहित उम्मेदवारी दर्ता गर्न लागेका हुन्। उनको सचिवालयका अनुसार, आज दिउँसो १:०० बजे बाँसगढीबाट र्यालीसहित गुलरिया प्रस्थान गरी दिउँसो ३:०० बजे निर्वाचन अधिकृतको कार्यालय, गुलरियामा पुगेर मनोनयन दर्ता गरिनेछ।
स्थानीय स्तरमा सामाजिक सेवामा सक्रिय रहँदै आएका कामीको उम्मेदवारीले क्षेत्र नं. १ को चुनावी माहोल थप रोचक बनेको छ।


