Wednesday, March 4, 2026
spot_imgspot_img
Homeसमाजबाँके–३ मा दिपक जि एमलाई भगवती शाहको समर्थन

बाँके–३ मा दिपक जि एमलाई भगवती शाहको समर्थन

बाँके । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बाँके क्षेत्र नं.३ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपक जि एमलाई भगवती शाहले बधाई तथा सफलताको शुभकामना दिनुभएको छ।
बाँके क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको शाहले नेपाली कम्युनिस्ट पार्टीबाट आधिकारिक रूपमा मनोनयन दर्ता गराएका दिपक जि एमलाई समर्थन गर्ने घोषणा गर्नुभएको हो।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक जि एमले शाहप्रति धन्यवाद व्यक्त गर्दै उहाँको आशीर्वाद लिएको बताउनुभएको छ।

भगवती शाह पनि नेपाली कम्युनिस्ट पार्टीकै केन्द्रीय सदस्य हुनुहुन्छ। केही मतभेदका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गरे तापनि पार्टीको आधिकारिक उम्मेदवारका रूपमा उम्मेदवारी दिएका जि एमलाई समर्थन गर्दै चुनाव जिताउने प्रतिबद्धता शाहले व्यक्त गर्नुभएको छ।
बाँके क्षेत्र नं.३ अन्तर्गत बैजनाथ गाउँपालिका–५, जि गाउँ निवासी दिपक जि एम स्थानीय उम्मेदवार हुनुहुन्छ। स्थानीयस्तरमै लोकप्रिय छवि बनाएका जि एमलाई पार्टी भित्र र बाहिरबाट समर्थन बढ्दै गएको देखिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments