नेपालगन्ज माघ २२ – बाँके जिल्लामा विभिन्न विकास योजना अघि सारेकै कारण आफ्नो विरुद्धमा केही सांसदहरूले प्रदर्शनसमेत गरेको भए पनि आफू विकासको मुद्दाबाट कहिल्यै पछि नहटेको नेकपा (एमाले) बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले बताएका छन् । बाँकेका क्रियाशील पत्रकारहरूसंगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
राईले सत्ता हुँदा होस् वा नहुँदा होस्, बाँके क्षेत्रको समग्र विकासका लागि निरन्तर पहल गर्दै आएको स्पष्ट पार्दै उनले भने विकासका योजना अघि बढाउँदा अवरोध र विरोध सामना गर्नुपरे पनि जनताको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु ।
“मैले बाँकेमा धेरै विकास योजना अघि सारेँ, त्यसकै कारण मेरो विरुद्धमा प्रदर्शनसमेत भयो,” राईले भने, “तर म सधैं अगाडि छु । सत्तामा हुँदा मात्र होइन, सत्ता बाहिर रहँदा पनि यस क्षेत्रको विकासका लागि निरन्तर पहल गरिरहेने उनले जानकारी दिए ।
उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनामा विशेष ध्यान दिँदै बाँकेलाई विकासको नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए ।


