Monday, April 20, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–३ मा जि.एम.को जित सुनिश्चित,कार्यकर्ता एकमत

बाँके–३ मा जि.एम.को जित सुनिश्चित,कार्यकर्ता एकमत

बाँके क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम.को पक्षमा जनमत थप बलियो बन्दै गएको छ। समाजमा भिजेका, स्थानीय र सामाजिक व्यक्तित्वका रूपमा परिचित दीपक जि.एम.लाई उम्मेदवारका रूपमा अगाडि सारिएपछि जनस्तरमा उत्साह बढेको स्थानीयवासीहरूले बताएका छन्।
खजुरा गाउँपालिका वडा नं. ५ का रामकुमार नाउले सामाजिक न्याय र अधिकारका पक्षमा निरन्तर लड्दै आएको नेपाली कम्युनिष्ट पार्टीले दीपक जि.एम.जस्ता सक्षम उम्मेदवारलाई अघि सारेकाले आफूले तारा चुनाव चिन्हमा मतदान गर्ने बताए।
मधेसी, मुस्लिम तथा अल्पसङ्ख्यक समुदायको अधिकारका लागि संघर्ष गर्दै आएको पार्टीले स्थानीय उम्मेदवार दिएकोमा आफूहरू अझ उत्साही भएको खजुरा–३ की सविता विकले बताइन्। दलित अधिकारका सवालमा स्पष्ट अडान लिएको पार्टीका उम्मेदवार दीपक जि.एम. यस क्षेत्रका लागि आवश्यक र उपयुक्त उम्मेदवार भएकाले उनको पक्षमा मतदान गर्ने उनले स्पष्ट पारिन्।
दीपक जि.एम. जिताउन नेता–कार्यकर्ता एकढिक्का
नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्र नं. ३ का नेता तथा कार्यकर्ताहरू उम्मेदवार दीपक जि.एम.लाई जिताउन एकमत भएका छन्। शनिबार सम्पन्न पार्टी भेलामा योग्य, जुझारु र जनतामा आधारित उम्मेदवारलाई विजयी बनाउन सबै एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
भेलालाई सम्बोधन गर्दै नेकपाका नेता महेश्वर जग गहतराज ‘अथक’ ले जनताको अधिकार र क्षेत्रको विकासका लागि लड्ने उम्मेदवार दीपक जि.एम.लाई जिताउन सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरे। उनले नेपाली कम्युनिष्ट पार्टीले मात्रै देशलाई सही दिशामा नेतृत्व दिन सक्ने दाबी गर्दै तारा चुनाव चिन्हमा मतदान गर्न अपिल गरे।
कार्यक्रममा नेकपाका नेता अब्दुल हुसेन खाँ, आई.पी. खरेल, डम्बर विक ‘तुफान’, भद्रप्रसाद देवकोटा, निर्वाचन परिचालन समिति संयोजक राजकुमार विकलगायत सयौँ नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। निर्वाचन परिचालन समिति संयोजक राजकुमार विकले पार्टीको जित सुनिश्चित देखिएकाले थप सक्रिय भएर मैदानमा खटिन सबैलाई आग्रह गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments